nmb bank

गृहपृष्ठ राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त गरिँदै

राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त गरिँदै

राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त गरिँदै

सरकारले राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उपकुलपति हुन योग्य व्यक्तिबाट सरकारले दरखास्त आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी इच्छुक व्यक्तिले यही वैशाख ९ गतेभित्र दरखास्त दिन भनेको छ ।

दरखास्त मन्त्रालयको कोठा नम्बर ४०७ मा वा मन्त्रालयको इमेल ठेगानामा पठाउन सकिन्छ ।

उपकुलपतिका लागि मान्यता प्राप्त कुनै विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको, उच्च शिक्षाको क्षेत्रमा प्राध्यापक पदमा रही काम गरेको, संस्थागत स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको लगायतका न्युनतम योग्यता तोकिएका छन् ।

उम्मेदवारले बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्त्री सोचपत्र र चार वर्षे व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने मन्त्रालयलको सूचनामा उल्लेख छ ।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु