nmb bank

गृहपृष्ठ सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएकाे छ । आज चाँदी प्रतितोला १० रूपैयाँले वृद्धि हुँदै १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु