nmb bank

गृहपृष्ठ रियलमीको अहिलेसम्मकै स्लिम मोडल नेपालमा, यस्तो छ मूल्य र विशेषता

रियलमीको अहिलेसम्मकै स्लिम मोडल नेपालमा, यस्तो छ मूल्य र विशेषता

रियलमीको अहिलेसम्मकै स्लिम मोडल नेपालमा, यस्तो छ मूल्य र विशेषता

विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोश्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ ।

बजारमा अहिले यो मुल्यमा उपलब्ध फोनहरुमध्ये यो मात्र यस्तो फोन हो जसमा मेडियाटेक हेलियो जी ९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ, त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ ।

सेग्मेन्टकै एक मात्र ९० हर्ज एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेटको कम्बो

नेपाली बजारमा अहिले यो ८ जीबी र्‍याम र १२८ जिबि रोमको स्टोरेज अप्सनमा उपलब्ध रहेको छ । जसको मूल्य २९ हजार ९९९ रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।

बजारमा यही मूल्यका फोनहरुमा कि त एलसीडी अथवा पुरानै स्न्यापड्रागन ६८० चिपसेट प्रयोग गरिएको हुन्छ तर रियलमी १० मात्र एउटा यस्तो मोडल हो जुनमा ९० हर्जको एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेट प्रयोग गरिएको छ । जसको मतलब हुन्छ फोन चलाउँदा भिजुअल एक्स्पिरियन्स अझ राम्रो हुन्छ किनकी रंगहरु प्रष्ट हुन्छन् र औंलाको दागहरु धेरै बस्दैनन् । कर्निङ गोरिल्ला ग्लास ५ डिस्प्ले भएको यस रियलमी १० मा १००० निट्सको ब्राइट्नेस भएकोले दिउँसो पनि राम्रोसँग स्क्रिन देखिन्छ ।

योभन्दा अगाडिको मोडल रियलमी ९ मा भन्दा रियलमी १० मा रहेको प्रोसेसर (एसओसी)को पावर पर्फर्मेन्स ४० प्रतिशतले बढी छ जसले गर्दा फोन चलाउँदा ल्यागिङ कम र सिस्टम पर्फर्मेन्स स्मुथ हुन्छ । त्यस्तै यसमा रहेको सिक्स एनएम टेक्नोलोजीले गर्दा सीपीयू पर्फर्मेन्स २५ प्रतिशतले, जीपीयू पर्फर्मेन्स ७८ प्रतिशतले बढाउनुको साथै समग्र पावर खपत चाहिँ २० प्रतिशतले घटाएको छ । त्यस्तै यसको एनटूटू बेन्चमार्क स्कोर ४०००८४ रहेको छ जुन अहिले बजारमा उपलब्ध जी९९ पावर्ड स्मार्टफोनहरु मध्ये सबैभन्दा धेरै हो ।

बजेट फोनमा उत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिन चाहने उपभोक्ताहरुको लागि त यो फोन अत्यन्तै उपयुक्त रहेको छ । यसमा ब्यालेन्स्ड मोडमा ४० एफपीएसमा पबजी खेल्न मिल्छ ।

१६ जीबीको ठूलो डाइनामिक र्‍याम

सिस्टम एक्स्पिरियन्सलाई अझै स्मुथ बनाउन यसमा ८ जीबीको र्‍याम र १२८ जीबीको रोम प्रदान गरिएको छ जसमा ३२००० सम्म फोटो स्टोर गर्न मिल्छ भने यसको स्टोरज अझै १ टीबीसम्म बढाउन मिल्छ ।

यो मूल्यमा उपलब्ध हुने प्राय फोनहरुमा इएमएमसी र्‍याम राखिएको हुन्छ तर रियलमी १० मा LPDDR4X र्‍याम राखिएको छ जसले अझ छिटो र स्मुथ तरिकाले एपहरु स्विच गर्न र फाइलहरु रिड र राइट गर्न सकिन्छ । त्यस्तै गेमिङको लागि पनि अझै स्टेबल फ्रेम्र रेट हुन्छ । त्यस्तै रियलमी १० मा ८ जीबीसम्मको भर्चुअल र्‍याम राखिएको छ जसले गर्दा र्‍यामको स्टोरेज १६ जीबीसम्म बढाउन मिल्छ । यसले गर्दा १८ वटासम्म एपहरु स्ट्यान्ड बाइ मोडमा चलाउन सकिन्छ जसले गर्दा प्रयोगकर्ताहरुले आफ्नो फेभरेट एपहरु स्मुथ तरिकाले न्याभिगेट गर्न सक्छन् ।

रेटिङको कुरा गर्नुपर्दा रियलमी १० ले TÜV SÜD 36- मन्थ फ्लुएन्सी रेटिङमा ए पाएको छ जुन यो स्ट्यान्डर्डको फोनहरुमा सबैभन्दा धेरै हो । र यसको कारण हो- यसको पावरफुल चिपसेट र स्टोरेज सपोर्ट । प्रयोगकर्ताहरुले सकेसम्म स्मुथ तरिकाले फोन चलाउन पाउन् भनेर यो फोनमा एजिङ प्रोसेस, रिपिटेड एप लन्च र फाइल लोडिङ टेस्टजस्ता अन्य धेरै टेस्टहरु गरिएको छ ।

स्लिम बडीमा पावरफूल ब्याट्री

रियलमी १० मा ५००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले गर्दा दिनभरी नै आरामसँग फोन चलाउन सकिन्छ भने ३३ वाटको फास्ट चार्जिङ रहेकोले २८ मिनेटमै ब्याट्री शुन्य प्रतिशतबाट ५० प्रतिसशतसम्म चार्ज हुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त के छ भने एकदमै शक्तिशाली ब्याट्री जडान गरिएको भए तापनि यो मोडल अहिलेसम्म रियलमीले निकालेको सबैभन्दा स्लिम सेट हो । त्यस्तै यसको वजन रहेको छ १७८ ग्राम, जुन अत्यन्तै हलुका हो । यस्तो हलुका भएकोले गर्दा दिनभरी गेम खेल्दा अथवा अन्य कुनै कामको लागि फोन प्रयोग गर्दा पनि हातमा दबाव महसुस हुँदैन ।

पावर मिट्स स्टाइल : लाइट पार्टिकल डिजाइन

स्टाइल त रियलमी फोनहरुको अभिन्न अंग नै हो । प्रकाशको गतीमा चल्ने लाइट पार्टिकलहरुबाट प्रेरित भएर रियलमी फोनहरुको डिजाइनमा पनि लाइट पार्टिकल नै फिचर गरिएको छ । रियलमी १० मा ६ लेयरको एउटा विशेष किसिमको कोटिङ गरिएको छ जसले गर्दा स्टनिङ ग्लसी फिनिश र घम् टेक्स्चर त आइ नै हाल्छ, साथै फिङरप्रिन्टहरु पनि कम देखिन्छन् ।

५० एमपीको कलर एआइ क्यामरा र १६ एमपीको सेल्फी क्यामरा

रियलमी १० मा ५० एमपीको मुख्य क्यामरा र १६ एमपीको सेल्फी क्यामरा राखिएको छ । जुन यो मूल्यमा उपलब्ध हुने फोनहरुमा पाइनेमध्ये सबैभन्दा धेरै हो । त्यस्तै यसको मुख्य क्यामरामा भएको ५० मिलियन पिक्सेलको सामसँग जेएन१ सेन्सरले गर्दा फोटोहरु असाध्यै उत्कृष्ट आउँछन् । त्यस्तै प्रो–लाइट टेक्नोलोजीयुक्त नाइट मोडबाट धेरै नोइज हटाएर फोटो खिच्न सकिन्छ भने प्रोसेसर पर्फर्मेन्सले गर्दा शटर स्पिड पनि १२१ प्रतिशतले सुधारिएको छ ।

हाइ रेजोल्युसन सेल्फी क्यामरा र इन्ह्यान्स्ड नाइट शट युक्त यस रियलमीमा भएको स्ट्रिट फोटोग्राफी मोड २.० मा म्यानुअल्ली नै फोकस जोन कन्ट्रोल गर्न मिल्छ भने जुम इन र जुम आउट पनि आरामसँग गर्न मिल्छ ।

उपभोक्ताकेन्द्रित फिचरहरु

यो भन्दा अगाडिका मोडलहरुमा ३.५ एमएमको हेडफोन ज्याक र २००% अल्ट्रा बुम स्पिकर राखिएको थियो जुन उपभोक्ताहरुले एकदमै मन पराएका थिए । त्यही कारणले रियलमी १० मा पनि यी दुईवटै फिचरहरु समावेश गरिएका छन् । अल्ट्रा बुम स्पिकरमार्फत उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइला पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मजा लिन सक्नेछन् ।

यो फोन आकर्षक क्ल्याश व्हाइट र रस ब्ल्याक रंगमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु