nmb bank

गृहपृष्ठ अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

दक्षिण अफ्रिकामा सम्पन्न आइसीसी महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले छैटौं पटक जितेको छ । उपाधिमा दोस्रो पटक ह्याट्रिक गर्ने क्रममा अस्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकामाथि १९ रनको सहज जित हासिल गर्‍यो ।

केपटाउन स्थित न्युल्यान्डस मैदानमा भएको आठौं संस्करणको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रनको स्कोर तयार गरेको थियो । जवाफमा १ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोली निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनमै समेटियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर लउरा वलभार्डको ६१ रन सर्वाधिक रह्यो । उनीबाहेक चोले ट्रायोनले २५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन ।

त्यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर बेथ मोनीले ७४ रनको अविजित इनिङ खेलिन् । त्यस्तै एस्ली गार्डनरले २९ रन बनाउँदा अर्की ओपनर एलिसा हेलीले १८ रन बनाएकी थिइन् ।

अस्ट्रेलियाले फाइनल प्रवेश गर्ने क्रममा भारतको चुनौती पन्छाएको थियो भने दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हराएको थियो । जारी विश्वकपमा पनि अस्ट्रेलियाको दबदबा भने कायम रह्यो । घरेलु टोली दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित समय : ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु