nmb bank

गृहपृष्ठ उपत्यकामा ३५ सय छाप्रा भत्काउने सूचीमा, थापाथलीमा डाेजर नै चल्ने

उपत्यकामा ३५ सय छाप्रा भत्काउने सूचीमा, थापाथलीमा डाेजर नै चल्ने

उपत्यकामा ३५ सय छाप्रा भत्काउने सूचीमा, थापाथलीमा डाेजर नै चल्ने

महानगरको डोजर बस्तीमा छाप्रा भत्काउन पसेपछि थापाथलीको सुकुम्बासी टोलका बासिन्दा सोमबारदेखि आन्दोलित छन् । यहाँका १३६ छाप्रामा डोजर चलाउने महानगरको तयारी थियो ।

तर, काठमाडौं उपत्यकाभित्र मात्रै खोला किनारमा ३५ सय छाप्रा छन्, जो नदी सौन्दर्यकरणका क्रममा भत्काउनुपर्ने सूचीमा छन् ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदी करिडोरमा सडक, पार्क र ढल व्यवस्थित गर्ने काम गर्दै आएको छ । त्यसक्रममा कतिपय ठाउँमा सुकुम्बासी बस्तीका कारण काम अवरुद्ध रहेको समितिको भनाइ छ ।

समितिले परियोजना क्षेत्र र खोला किनारमा रहेका बस्तीमा पुगेर सर्वेक्षण गरेको छ । ती परिवारलाई जमिन खाली गराउनसमेत आग्रह गरिएको छ । समितिले गरेको अध्ययनअनुसार काठमाडौं महानगरपालिकामा मात्रै दुई हजार १७० छाप्रा छन् ।

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, गोदावरी नगरपालिकामा २१५, ललितपुर महानगरपालिकामा १७ र भक्तपुरमा ७७३ गरी ३ हजार ४२१ छाप्रा छन् ।

समितिले यी सबै बस्ती खाली गराउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरिरहेको छ भने थापाथलीमा डोजर चलाएपछि अन्यत्र क्रमशः खाली हुने अनुमान छ ।

प्रकाशित समय : ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु