nmb bank

गृहपृष्ठ बिएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने

बिएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने

बिएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने

बिएण्डबी अस्पतालले पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुट दिने भएको छ ।

पत्रकार तथा पत्रकारसँग आश्रित परिवारलाई औषधि तथा उपचारमा छुट दिने सम्बन्धि सम्झौतापत्रमा बिएण्डबी अस्पताल र पत्रकार महासंघ ललितपुर शाखाबीच हस्ताक्षर भएको छ ।

शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा उल्लेख भए अनुसार अस्पतालले नेपाल पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकार र आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ । हाल महासंघमा देशभरका १३ हजार पत्रकार आवद्ध छन् ।

यो सम्झौता शुक्रबारबाट २४ महिनासम्म लागू हुनेछ । पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका ६ जनासम्मलाई १५ लाखसम्मको उपचारमा उपचारका लागि १५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालका प्रमुख प्रशासक भट्टराईले बताए ।

प्रकाशित समय : ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु