गृहपृष्ठ निर्वाचन आयोगले सार्वजनिक गर्यो उम्मेदवारको अन्तिम नामावली (सूची)
निर्वाचन आयोगले सार्वजनिक गर्यो उम्मेदवारको अन्तिम नामावली (सूची)
निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । गत आइतबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलगत र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थिए ।
निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि कायम भएको प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा २ हजार ४१२ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभातर्फ २ हजार १८७ पुरुष र २२५ जना महिलाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ २ हजार ९४३ जना पुरुष र २८० जना महिलाले उम्मेदवारी दिएका छन् भने अन्यमा १ जना रहेको आयोगले उल्लेख गरेको छ ।
यस्ताे छ सूची
प्रकाशित समय : ०६:३३ बजे



















