nmb bank

गृहपृष्ठ लगातार दुई दिन घटेको नेप्सेमा सामान्य वृद्धि

लगातार दुई दिन घटेको नेप्सेमा सामान्य वृद्धि

लगातार दुई दिन घटेको नेप्सेमा सामान्य वृद्धि

पछिल्लाे दुई दिन लगातार घटेको सेयर बजारमा आज झिनो सुधार आएकाे छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको हाे ।

मंगलबार नेप्से १.८१ अंकले बढेर बन्द भएको छ । आज ०.०९ प्रतिशतले बढेर नेप्से २०५४.९५ को बिन्दुमा पुगेको हाे । आज सेन्सेटिभ इन्डेक्स ०.१५ प्रतिशतले बढेर ३९७.६९ को बिन्दुमा पुगेको छ ।

यसअघि साेमबार नेप्से परिसूचक ७.४१ अंकले घटेकाे थियाे । साे दिन २ सय २२ कम्पनीको ५२ लाख ३० हजार ७ सय ६३ कित्ता सेयरखरिद बिक्री हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय ३० रूपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेप्से ७.७२ अंकले घटेकाे आइतबारकाे सेयर बजारमा २ अर्ब ४ करोड ७० लाख रुपैयाँ बराबरको काराेबार हुँदा २१८ कम्पनीका ५३ लाख ३९ हजार कित्ता सेयर किनबेच भएका थिए ।

आज २२२ कम्पनीका ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ । कारोबार अवधिभर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहमध्ये ६ वटा उपसमूहको समूहगत परिसूचक बढेको छ भने सात वटा उपसमूहको समूहगत परिसूचक घटेको छ ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु