fbpx
corona information

गृहपृष्ठ ‘लुकिछिपी किन मायामा’को प्रिक्वेल ‘के माया लाग्छ र’ गीतको भिडियो रिलिज

‘लुकिछिपी किन मायामा’को प्रिक्वेल ‘के माया लाग्छ र’ गीतको भिडियो रिलिज

‘लुकिछिपी किन मायामा’को प्रिक्वेल ‘के माया लाग्छ र’ गीतको भिडियो रिलिज भएको छ । गणेश सेन्चुरीको ‘लुकिछिपी किन मायामा…’ बोलको म्युजिक भिडियो र गीतपश्चात सम्भवतः नेपालमै पहिलोपटक आर्टमाण्डुले यस गीतको भिडियोको प्रिक्वेल रिलिज गरेको हो ।

गीतको भिडियोमा ग्रामीण भेगको नेपाली जनजीवन र दशकौंअघिका परिवेश अनि बाल्यकालको गाउँले याद पस्किएका निर्देशक नवीन चौहानले लुकिछिपी किन मायामा पछि यसको प्रिक्वेल गीत बनाएका छन्, यस गीतको बोल हो, ‘के माया लाग्छ र ?’

मुकुन भुसाल र सुरविना कार्कीको जीवन्त अभिनय रहेको यो गीतमा निशान भट्टराई र एलिना चौहानको आवाज छ । गीत हर्क साउदले लेखेका हुन् भने संगीत अंकितबाबु अधिकारीले दिएका छन् । गीतको संगीत संयोजन कुशल सिंहले गरेका हुन् । मिक्सिङ/ मास्टरिङ शार्दूल श्रेष्ठले आर्ट्माण्डुको आफ्नै स्टुडियोमा गरेका हुन् । भिडियोतर्फ गीतको छायांकन निशाल पौडेलले गरेका हुन् भने सम्पादन सुनिल पौडेलले गरेका हुन् ।

आर्टमाण्डु नेपालको प्रोडक्सन रहेको यो गीतले नेपाली सांगीतिक क्षेत्र अनि गीतको भिडियो निर्माणको क्रममा पुनः ग्रामीण परिवेश र मौलिक कथाको धार फर्काएको धेरैको विश्लेषण थियो । यो भिडियो शृंखलाको पहिलो भाग अर्थात् प्रिक्वेलचाहिँ आज रिलिज हुँदै छ । उक्त भिडियो कथाका अवयवहरुको प्रथम संस्करणका रुपमा ‘के माया लाग्छ र ?’ बोलको गीतको भिडियोले ‘लुकिछिपी किन माया’मा को भिडियो कथालाई थप अर्को कथा र परिवेशले जोडिदिएको छ ।

लुकिछिपी किन मायामा गीतले गत वर्षको इमेज अवार्ड्समा ‘सर्वोत्कृष्ट म्युजिक भिडियो’ र ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक’ गरी दुई वटा विधामा अवार्ड जित्न सफल भएको थियो ।

प्रकाशित समय १२:३७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु