fbpx
corona information

गृहपृष्ठ डिल्ली फोम्बोको ‘नेपालीमै गाइन्छ, नेपालीमै नाचिन्छ’

डिल्ली फोम्बोको ‘नेपालीमै गाइन्छ, नेपालीमै नाचिन्छ’

राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरु नेपाली सांगीतिक क्षेत्रमा कमै मात्र बन्छन् । अधिकांश गीतका शब्दमा मायापिरतीकै भावलाई समेटिएको पाइन्छ । संसार, सृष्टि र प्रकृतिका गीतहरु विरलै होलान् । विभिन्न किसिमका गीत गाइसकेका धराने गायक डिल्ली फोम्बोले यस्तै राष्ट्रप्रेमको भावयुक्त गीत सार्वजनिक गरेका छन् । उनको ‘नेपाली’ बोलको गीतमा नेपाली भाषा, संस्कृति र विरासतको चर्चा छ ।

गायक फोम्बो र द ब्याण्डको स्वर रहेको गीतमा शब्द र संगीत संयोजन द पीएसआर र फोम्बोको रहेको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका, बसन्तपुरस्थित चोत्लुङ पार्क र तीनजुरे क्षेत्रमा छायाँकन गरिएको गीतको म्युजिक भिडियोलाई निर्देशन र सम्पादन सुल्तान इधिंगोले गरेका छन् । अभिनय शान्तिराम राई, दिपेन्द्र राई र तिर्थराज बराइलीले गरेको भिडियोमा मोडेलिङ शरुपा थापा मगर, अनिला क्षेत्री, प्रज्ञा भण्डारी, मेरिना तुम्सा, लिसरा थापा मगर, शलु कुँवर, रूबी लिम्बुको छ । सुल्तान फिल्मस् प्रोडक्सन युकेले निर्माण गरेको भिडियो छायाँकन सुमन तामाङले गरेका छन् ।

प्रकाशित समय २०:५८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु