fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ पुर्णकला विसी र विजय थोकरको आवाजमा  ‘रातो बाकस’ (भिडियोसहित)

पुर्णकला विसी र विजय थोकरको आवाजमा  ‘रातो बाकस’ (भिडियोसहित)

पछिल्लो समय लोक गीत संगीतको क्षेत्र फराकिलो बन्दैँ गइरहेको अवस्थामा प्रियसी म्युजिकको  प्रस्तुतिमा अर्को हृदयबिदारक गीत  ‘रातो बाकस’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुर्णकला विसी र विजय थोकरको आवाज रहेको छ  ।
देशमा भरपर्दो रोजगारीको व्यवस्था नभएपछि नेपालीहरूलाई परदेशिनु बाध्यता बनेको छ । यही क्रममा कति नेपाली दाजुभाइ दिदीबहिनीहरू रातो काठको बाकसमा फर्किनु परेको छ भने घरपरवारको बिचल्ली भएको छ ।
यस्तै यथार्थ कथामा आधारित गीत रातो बाकस गीतमा गौतम निशानको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा आशा खड्का र विमल अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई मुकेश हुमागाईँले छायाँङ्कनमा  राजेश कुमारले सम्पादन तथा निर्देशक बविता श्रेष्ठले निर्देशन गरेका छन्  ।

प्रकाशित समय १६:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु