fbpx
Rashifal Ad

गृहपृष्ठ शिव परियारको गीतमा ‘कार्टुन क्रु’को नृत्य (भिडियोसहित)

शिव परियारको गीतमा ‘कार्टुन क्रु’को नृत्य (भिडियोसहित)

गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६ को उपलक्ष्यमा दर्शक तथा स्रोताहरुमाझ नयाँ साङ्गीतिक कोसेलीस्वरुप गीत सार्वजनिक गरिएको रचनाकार वाग्लेले जानकारी दिए।

गीतमा हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर सुन्न सकिन्छ। चर्चित नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकसहित समुहको अभिनय रहेको भिडियोमा गायक परियारको समेत अभिनय देख्न सकिन्छ।

सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् । भिडियोमा राजिभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा भिएफएक्स रहेको छ।

गायक शिव परियारले आफूले मेहनतका साथ गीतमा न्याय गरेको भन्दै गीत सफल हुने दावी गरे ।

गत वर्ष सार्वजनिक एकल एल्वम ‘तिमी साथ भएपछि’ का गजलहरू लोकप्रिय भएपछि उत्साहित भएका वाग्ले यो गीतबाट निकै आशावादी रहेको बताउँछन् ।

प्रकाशित समय १९:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु