fbpx
Nepal Mediciti

गृहपृष्ठ नयाँ वर्षमा बुद्धिसागरको ‘परेली’ बजारमा

नयाँ वर्षमा बुद्धिसागरको ‘परेली’ बजारमा

क्यानडाका प्रधानमन्त्रीले दिए शुभकामना

एनआरएनए क्यानडाले विभिन्न शहरहरुमा नेपाली नयाँ बर्ष २०७६ सालको स्वागतमा विभिन्न कार्यक्रम गरेको छ । उल्लेख्य मात्रामा नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रमहरुमा क्यानडाका प्रधानमन्त्री, अर्थमन्त्री र सीमा सुरक्षा मन्त्रीहरुले शुभकामना सन्देश पठाएका थिए ।
टोरन्टोमा सम्पन्न कार्यक्रममा गायक बुद्धिसागर बस्यालको ‘परेलीे’ बोलको गजल सार्वजनिक गरिएको छ । सार्वजनिक भएलगत्तै टोरोन्टामा भएका सवै कार्यक्रमहरु परेलीमय बनेका थिए । रमेश थापाको शव्द र महेश खड्काको संगीत रहेको उक्त गजलमा गायक बस्यालको आवाज छ । एनआरएनए क्यानडाले सधै स्थानीय कलाकारहरुलाई संरक्षण र प्रबद्र्धन गर्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा गायक वस्यालको म्युजिक भिडियो सार्बजनिक गरेको जनाएको छ ।

प्रकाशित समय १६:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु