fbpx
Nepal Mediciti

गृहपृष्ठ इथोसको ‘कसरी भनु म’ सार्वजनिक (भिडियोसहित)

इथोसको ‘कसरी भनु म’ सार्वजनिक (भिडियोसहित)

आरएनबी समूह इथोसले नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक गरेको छ । ‘कसरी भनु म’ बोलको गीत युट्युबमार्फत बिहीबार सार्वजनिक भएको हो । गीतमा अजयशम्शेर राणा, सञ्जय चौधरी र भारतीय चर्चित अण्डर ग्राउण्ड र्यापर एडिए ब्वाईको संयुक्त आवाज छ ।

गीतमा शब्द संगीत अजयशम्शेर राणा र सञ्जय चौधरीको छ । म्युजिक भिडियोको निर्देशन गायक राणा आफैले गरेका छन् । म्युजिक भिडियाकोे छायाँकन थाइल्याण्डका विभिन्न सहरमा गरिएको छ ।

इथोसले यसअघि नक्कली मैया, सुस्तरी–सुस्तरी, झ्यालैमा, गल्ती मेरो छैनलगायतका चर्चित गीतहरु बजारमा ल्याइसकेको छ ।

प्रकाशित समय २०:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु