गृहपृष्ठ मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकार असफल भयो : पृथ्वीसुब्बा गुरुङ
मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकार असफल भयो : पृथ्वीसुब्बा गुरुङ

मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकार असफल भएको नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताएका छन् ।
उपमहासचिव गुरुङले भने, देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकारले ध्यान दिएको छैन । एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको छ ।
प्रकाशित समय : १०:५३ बजे