गृहपृष्ठ यू–१९ एसिया कपका लागि नेपाली टोलीको टुंगो

यू–१९ एसिया कपका लागि नेपाली टोलीको टुंगो

एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

आसिफ शेखको कप्तानीमा १५ सदस्यीय खेलाडी छनोट भएका छन् । कमलसिंह ऐरी, रोहितकुमार पौडेल, रवि शाह, नन्दन यादव, रित गौतम र पवन सर्राफ पनि टोलीमा छन् । यस्तै, टोलीमा रविन्द्रजंग शाही, राशिद खान, भिम शार्की, त्रितराज दास, सुन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सुर्य तामाङ पनि अटाएका छन् ।

केही दिनअघि मात्रै राष्ट्रिय टिमबाट सन्यास लिएका शक्ति गौचनले यू–१९ टिमको म्यानेजरको रुपमा काम गर्नेछन् । मुख्य प्रशिक्षकमा विनोद दास छन् भने साहयक प्रशिक्षण मनोज कटुवालले गर्नेछन् ।

एसिया कप सेप्टेम्बर २९ तारिखदेखि अक्टोबर ७ तारिखसम्म बंगलादेशमा हुँदैछ । नेपाली टोली बिहीबार बंगलादेश जादैछ ।

प्रकाशित समय ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु