fbpx
corona information

गृहपृष्ठ भीमेश्वर नगरपालिका ७ स्तरीय प्रथम बुद्धिचाल प्रतियोगिताको विजेता राजेश भुजेल

भीमेश्वर नगरपालिका ७ स्तरीय प्रथम बुद्धिचाल प्रतियोगिताको विजेता राजेश भुजेल

भीमेश्वर नगरपालिका ७ स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको प्रथम उपाधि राजेश भुजेलले प्राप्त गरेका छन् । प्रतियोगितामा दोस्रो उपाधि पर्वत सुवेदी र तेस्रो उपाधि प्रवेश मगरले हात पारेका छन् । प्रतियोगिता नेपाल इन्ट्रान्स एकेडेमीको आयोजनामा पुस २५ र २६ गते भएको हो ।

कार्यक्रममा विश्व साइकल यात्री पुष्कर शाहको पनि उपस्थिति रह्यो । कार्यक्रमको समापनसँगै आउँदो जेठमा विश्व साइकल यात्री कप र बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको छ । त्यसका लागि नयाँ कमिटीसमेत गठन भएको छ ।

कमिटीको अध्यक्षमा प्रथम विजेता राजेश भुजेल, उपाध्यक्षमा पर्वत सुवेदी र सचिवमा प्रदिप दाहाल रहेका छन् । कमिटीको संरक्षकमा अवतारसिंह लामालाई चयन गरिएको छ भने सल्लाहकार श्रीकृष्ण दाहाल र व्यवस्थापकमा राजु खड्का छन् ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु