fbpx
corona information

गृहपृष्ठ पुष्पा भण्डारीलाई बंगलादेशमा म्याराथन उपाधि

पुष्पा भण्डारीलाई बंगलादेशमा म्याराथन उपाधि

फाइल तस्बिर ।

नेपालकी धावक पुष्पा भण्डारीले आइतबार बंगलादेशको राजधानी ढाकामा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन साउथ एसियन म्याराथनको उपाधि जितेकी छन् । उनले निर्धारित दुरी २ घण्टा ५९.४१ सेकेण्डमा पुरा गरिन् । सोही स्पर्धामा भारतकी ज्योति गवाती ३ घण्टा ४६ सेकेण्डसहित दोस्रो र गिगमत डोल्मा ३ घण्टा ९ मिनेटको समयसहित तेस्रो भइन् ।

विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)की खेलाडी रहेकी पुष्पाले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेकी थिइन् । महिला म्याराथनमा नेपालको कीर्तिमानी खेलाडी पुष्पाले ढाकामा व्यक्तिगत भने सुधार गर्न सकिनन् । उनले गत वर्ष नेपालमा भएको १३औं सागमा २ घण्टा ५० मिनेट ११ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

प्रकाशित समय १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु