fbpx
corona information

गृहपृष्ठ अमेरिकाका फास्ट बलर अली खान ‘कोलकत्ता नाइट राइडर्स’बाट आइपीएल खेल्ने पक्का

अमेरिकाका फास्ट बलर अली खान ‘कोलकत्ता नाइट राइडर्स’बाट आइपीएल खेल्ने पक्का

अमेरिकाका फास्ट बलर अली खान कोलकत्ता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पक्का भएको छ । टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाईज टिम कोलकत्ता नाइट राइडर्सले खानलाई अनुबन्ध गर्ने भएको हो ।

कोलकत्ताले इंग्ल्यान्डका बलर ह्यारी गर्नीको स्थानमा अलीलाई अनुबन्ध गर्ने भएको हो । गर्नी कुमको चोटका कारण आईपीएल खेल्न नक्सने भएपछि कोलकत्ताले अलीलाई अनुबन्ध गर्ने तयारी गरेको हो ।

कोलकत्ताले अली अनुबन्धबारे भने औपचारिक केही बताएको छैन । तर, क्रिकइन्फोले कोलकत्तामा गर्नीलाई २९ वर्षीय अलीले प्रतिस्थापन गर्ने जनाएको छ । उनी अक्सनमा भने बिक्रि भएका थिएनन् । कोलकत्तामा अनुबन्धित भएमा अली आईपीएल खेल्न पहिलो अमेरिकी खेलाडी बन्ने छन् ।

पाकिस्तानमा जन्मिएका अलीले हालै क्यारेबियन क्रिकेट लिगमा च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सबाट खेलेका थिए । सीपीएलमा उनले ८ खेलमा ८ विकेट लिएका थिए । अलीले सन् २०१६ मा ओमानसँग खेल्दै अमेरिकाको राष्ट्रिय टिममा डेब्यु गरेका थिए । (एजेन्सी)

प्रकाशित समय १४:२१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु