fbpx
corona information

गृहपृष्ठ राखेपका सदस्य सचिव सिलवालले लिए पद तथा गोपनियताको शपथ

राखेपका सदस्य सचिव सिलवालले लिए पद तथा गोपनियताको शपथ

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइरालालाई युवा तथा खेलकुदमन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रीपरिषदको निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सिलवालले चार वर्षसम्म  सदस्य सचिवकाे जिम्मेवारीमा रहनेछन् ।

प्रकाशित समय ०७:२६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु