fbpx
corona information

गृहपृष्ठ अन्तत: सन्दीप लामिछानेले सीपीएल खेल्ने पक्का

अन्तत: सन्दीप लामिछानेले सीपीएल खेल्ने पक्का

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने पक्का भएको छ । यसअघि कोरोना महामारीले हवाइ उडान अवरूद्ध भएका कारण त्यसतर्फ उनको यात्रा अन्योलमा परेको थियो ।

उनी चार्टर्ड उडानमार्फत अमेरिका हुँदै सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो पुग्ने भएका हुन् । अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला सरकारसँग आग्रह गरेपछि सन्दीप बिहीबार बिहान साढे १० मा नेपालबाट कोरियन एयरलाइन्समार्फत त्यसतर्फ जाने तय भएको उनका व्यवस्थापक रमन सिवाकोटीले उल्लेख गरेका छन् । उनी आइतबार वेष्ट इन्डिज पुग्नेछन् ।

सन्दीप तेस्रोपटक सीपीएल खेल्दैछन् । उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले छ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए ।

सन्दीप यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । यस वर्षको सीपीएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर (एक करोड ५६ लाख रूपैयाँ) दिने सम्झौता भएको छ । यस पटकको सीपीएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

सीपीएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सीपीएलमा कुल ३३ खेल हुनेछन् । कारोनाभाइरसका कारण ती सबै खेल बिनादर्शक खेलाइने छ ।

It's official now Sandeep Lamichhane will be traveling to Caribbean to participate CPL T20 representing Jamaica…

Raman Shiwakoti यांनी वर पोस्ट केले मंगळवार, २८ जुलै, २०२०

प्रकाशित समय ११:५६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु