fbpx
corona information

गृहपृष्ठ १३औँ संस्करणको साफ अर्को वर्ष

१३औँ संस्करणको साफ अर्को वर्ष

बंगलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोनाभाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।

साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बंगलादेशले लगातार दोस्रोपटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो ।

बाह्रौँ साफ सन् २०१८ मा बंगलादेशको ढाकामा आयोजना गरिएको थियो । बाह्रौँ साफको उपाधि माल्दिभ्सले जितेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी महिला र पुरुषतर्फ साफ यु- १५ च्याम्पियनसिप र साफ यु- १८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुंगो लगाउने बताइएको छ ।

प्रकाशित समय ११:४२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु