fbpx
corona information

गृहपृष्ठ सिपिएलमा सन्दीपले तोके ९० हजार डलर मूल्य

सिपिएलमा सन्दीपले तोके ९० हजार डलर मूल्य

क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि नेपाल युवा लेग स्पिनर सन्दीप लामिछाने ९० हजार अमेरिकी डलर मूल्य तोकेका छन् । सिपिएल ड्राफ्टमा लामिछानेले ९० हजार अमेरिकी डलर अर्थात् १ करोड ८ लाख ५७ हजार रुपैयाँ मूल्य तोकेका हुन् । सिपिएलले आज (बुधबार) खेलाडी छनोटका लागि ड्राफ्ट गर्दै छ ।

सिपिएल ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडीमध्येमा परेका छन् ।

सन्दीपसँगै ९० हजार डलर मूल्य राख्नेमा दक्षिण अफ्रिकाका फाप डु प्लेसिस, डेभिड मिल्लर, अफगानिस्तानका मोहमद नाबी, अस्ट्रेलियाका डि’आर्ची सर्ट र अफगानिस्तानका मुजिब उर रहमान छन् ।

सर्वाधिक मूल्य राख्नेमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी छन् । उनले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन् । त्यस्तै इंग्ल्यान्डका इयान मोर्गानले १ लाख ३० हजार र टम बन्टन, टिम साउथी र बेन कटिङले १ लाख १० हजार अमेरिकी मूल्य तोकेका छन् । गत सिजनको सिपिएल सन्दीपले बार्बाडसबाट खेलेका थिए ।

प्रकाशित समय १६:२० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु