fbpx
corona information

गृहपृष्ठ बोलोग्नाविरुद्ध युभेन्टसको २‑० को जित

बोलोग्नाविरुद्ध युभेन्टसको २‑० को जित

ronaldo-newskarobar

इटालियन क्लब युभेन्टसले आफ्नो सिरिए ए मा बोलोग्नालाई २‑० ले पराजित गरेको छ । खेलको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए, ३६औँ मिनेटमै पाउलो डिबालाले युभेन्टसको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यतिर युभेन्टसका ड्यानिलो दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य भए । त्यसपछि पनि बोलोग्ना खेलमा फर्किन सकेन ।

कोरोनाभाइरस महामारीपछि स्थगित भएको लिग सुरु भएयता युभेन्टसले यसअघि दुई खेल खेलेको थियो । जसमा कोपा इटालियाको सेमिफाइनलमा गोलरहित बराबरीमा रोकियो भने एसी मिलानलाई पेनाल्टीमा हरायो । युभेन्टस फाइनलमा नापोलीसँग पेनाल्टीमा पराजित भएको थियो ।

सोमबारको जितसँगै २७ खेलपछि युभेन्टसको ६६ अंक छ भने दोस्रो स्थानमा रहेको लाजियोको ६२ अंक छ । लिगमा लाजियोले एक खेल कम खेलेको छ ।

प्रकाशित समय ०७:३१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु