fbpx
corona information

गृहपृष्ठ उही नाम तर नयाँ मितिमा ‘टोकियो ओलम्पिक २०२०’

उही नाम तर नयाँ मितिमा ‘टोकियो ओलम्पिक २०२०’

अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी) टोकियो ओलम्पिक्सको नयाँ मिति तय गरेको छ । नयाँ मितिअनुसार टोक्यो ओलम्पिक्स अब सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको छ ।

कमिटीको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक वर्ष पछाडि सारिएको हो । प्रतियोगिताको नाम भने ‘टोकियो ओलम्पिक्स २०२०’ नै रहने कमिटीले जनाएकाे छ ।

आईओसीका अध्यक्ष थोमस बाखले नयाँ मितिमा ओलम्पिक्स आयोजना गर्नु चुनौतीपूर्ण हुने बताउँदै यसलाई सफल तुल्याउन सबैको सहयोगकाे खाँचाे हुने बताएका छन् । अब प्यारा ओलम्पिक्स भने सन् २०२१ को अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

प्रकाशित समय २०:१६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु