fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ कोभिड-१९ असर : पोखरामा खेलकुद गतिविधि बन्द

कोभिड-१९ असर : पोखरामा खेलकुद गतिविधि बन्द

कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रंगशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समितिले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोना भाइरसको संक्रमणबाट जोगिन एक हप्ताका लागि रंगशाला हाताभित्र सञ्चालन हुँदै आएका खेल गतिविधि, अभ्यास तथा तथा अन्य प्रशिक्षण रोक लगाइएको उल्लेख गरिएको छ ।

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख प्रकाश बरालले राष्ट्रिय खेलुकद परिषद् (राखेप)को निर्देशनअनुसार कोरोनाबाट सचेत र सजग रहन तथा भीडभाड हुन नदिन सबै खेलकुदकर्मीलाई आग्रह गर्दै सो निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘रंगशालाभित्र कुनै पनि प्रशिक्षण, सेमिनार तथा गोष्ठी एवं कुनै पनि खेलकुदजन्य गतिविधि नगर्न सम्बन्धित खेल संघ तथा खेलकर्मीमा आग्रह गरेका छौँ । कोरोनाबाट जोगिन रंगशालामा हुने गतिविधि पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको हो ।’

राखेपले दुई साताअघि नै भीडभाड हुने कुनै पनि खेलकुद गतिविधि नगर्नसम्बन्धी निकायलाई सूचना जारी गरेको थियो । यहीबीचमा पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भने सञ्चालन भएको थियो । रंगशालाभित्र फुटबल, भलिबल, क्रिकेट, आर्चरी, टेनिस, ब्याडमिन्टनलगायतका खेल पूर्वाधार एकै थलोमा रहेकाले खेलाडी तथा खेलकर्मीको भीडभाड हुने गरेको छ ।
अहिले यहाँ रंगशालाभित्र निर्माणाधीन फुटबल रंगशालाको कामसमेत प्रभावित बनेको छ । भाइरसको त्रासका कारणले मजदूर काममा फर्किन नसकेकाले अतिविशिष्ट कक्षको प्यारापिटमा छानो छाउने तथा प्यारापिटमा थप कुर्सी जडान गर्नेलगायतका रंगशालाको निर्माणाधीन काम प्रभावित बनेको फुटबल रंगशाला परियोजना प्रबन्धक दीपक बरालले जानकारी दिए । (रासस)

प्रकाशित समय ०७:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु