fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ आहा रारा गोल्डकपको उपाधि मनाङलाई

आहा रारा गोल्डकपको उपाधि मनाङलाई

१८औं संस्करणको आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो ।

शनिबार पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मारेको हो ।

पुलिसका भेला सिलवाल, हेम तामाङ र बुद्ध बलले गोल गरे भने मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विके र रञ्जन विष्टले गोल गरे । पुलिसका गोलरक्षकले मनाङको दोस्रो पेनाल्टी रोकेका थिए तर मनाङका गोलरक्षक अजित बरालले पुलिसका तेज तामाङको बल पनि रोके ।

पाँचौं नम्बरमा आएका पुलिसका अजितको प्रहार पनि अजितले रोकेपछि मनाङलाई अवसर आयो, जसमा रञ्जनले कुनै गल्ती गरेनन् ।

उपाधि सँगै मनाङले १० लाख १ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको पुलिसले ५ लाख १ हजार पाएको छ ।

प्रकाशित समय १७:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु