fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ सुरू, १९ देशका खेलाडी सहभागी

‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ सुरू, १९ देशका खेलाडी सहभागी

प्रतियोगिता फागुन १७ गतेसम्म चल्नेछ

पोखरामा ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर- २०२०’ तथा ‘१९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप’ आइतबारबाट सुरु भएको छ ।

नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा प्याङग्लाइडिङ संघ (नेफा) र नेपाल पाइलट क्लबको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा १९ देशका ८९ जना खेलाडीको सहभागिता रहेको नाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार फ्रान्स, बेल्जियम, रसिया, काजकस्तान, अमेरिका, जापान, दक्षिण कोरिया, इण्डोनेसिया, इरान, स्विट्जरल्याण्ड, भारत, बंगलादेश, जर्मनीलगायत १९ देशका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतियोगिताको प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।

दिएको टास्क सबैभन्दा छोटो समयमा पूरा गर्ने खेलाडी प्रतिस्पर्धामा छनोट हुनेछ । प्रतियोगितामा ओभरल च्याम्पियन, महिला च्याम्पियन, नेपाली च्याम्पियनतर्फ पहिलोदेखि पाचौँ स्थान सम्मका विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता फागुन १७ गतेसम्म चल्नेछ ।

 

प्रकाशित समय १८:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु