fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ पोखरा म्याराथनको तयारी पूरा, ७ हजार जना सहभागी हुने अपेक्षा

पोखरा म्याराथनको तयारी पूरा, ७ हजार जना सहभागी हुने अपेक्षा

पोखरामा आयोजना हुने ‘१४औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन- २०७६’को सम्पूर्ण तयारी पूरा भएको छ । विविध खेलसँग आवद्ध भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने प्रतियोगिता शनिबार सञ्चालन हुँदैछ ।

यस पटकको प्रतियोगितामा विभिन्न विधामा गरी करिब ७ हजार जनाले सहभागिता जनाउने आयोजकको अनुमान छ । म्याराथनलाई विश्व शान्तिको कामना गर्दै ‘पिस टर्च’सहित दौडन १३ देशका २१ जना धावकहरु पोखरा आइपुगेको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

म्याराथन सञ्चालन हुने १ देखि १७ नम्बर वडाका चोकहरुमा स्थानीय संघ संस्था, आमा समूह, सांस्कृतिक समुह, पञ्चे बाजा, भजन, चुड्कासहित धावकहरुलाई स्वागत गर्ने कार्यक्रम रहेका अध्यक्ष गुरुङले बताए । ‘धावकहरु दौडने रुटमा अति आवश्यकबाहेक अन्य सार्वजनिक र निजी सवारी साधनहरु सञ्चालन नगर्न आग्रह गरेका छौँ । यातायात व्यवसायीहरुले पनि प्रतिवद्धता जनाउनु भएको छ,’ उनले भने ।

खेलकुद विकासमा सहयोग पुर्‍याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गरी समाजमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । आयोजकका अनुसार प्रतियोतिाका लागि पोखरेली मञ्च युकेका अध्यक्षसहित पोखरा म्याराथन युकेका संयोजक मञ्जु गुरुङ पोखरा आइपुगेका छन् ।

५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगितामा प्रथमले २, दोस्रोले १ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १०, दृष्टिविहीन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित समय १७:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु