fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ अमेरिकाविरुद्ध नेपालको सानदार जित

अमेरिकाविरुद्ध नेपालको सानदार जित

लिग डिभिजन‑ २ त्रिकोणात्मक सिरिजमा नेपालद्वारा अमेरिका ८ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङको जिम्मा पाएको अमेरका ३५ रनमा १२ ओभर खेल्दै अलआउट भएको थियो । नेपालले दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको छ ।

अमेरिकाविरूद्ध सन्दीप एक्लैले ६ विकेट लिए भने सुसान भारीले ४ विकेट लिएका थिए । अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन बनाए । अमेरिकाका तीनजना शून्य रनमा आउट भए भने दुईजनाले एक, एकजनाले दुई तथा तीनजनाले चार रनमात्र बनाएका थिए ।

३६ रनको झिनो लक्ष्य पछ्याएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल एक रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल शून्य रनमा पेभेलियन फर्किएका थिए । त्यसपछि क्रिजमा आएका पारस खड्का र दीपेन्द्रसिंह ऐरीले टिमलाई जित दिलाए । पारसले एक छक्का र तीन चौकासहित १२ बलमा २० रन जोडे भने ऐरीले दुई चौका र एक छक्कासहित ११ बलमा १५ रन बनाए ।

प्रकाशित समय ११:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु