fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य, कुशलले बनाए विश्व कीर्तिमान

नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य, कुशलले बनाए विश्व कीर्तिमान

‘आइसीसी विश्वकप क्रिकेट लिग-टु’ अन्तर्गत त्रिदेशीय सिरिजमा अमेरिकालाई नेपालले १९१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै ४९.२ ओभरमा सबै विकेटको गुमाएर १९० रन जोडेको हो ।

नेपालका लागि कुशल मल्लले अर्धशतक बनाए । कुशल र विनोद भण्डारीले ८४ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कुशलले आफ्नो डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा १५ वर्ष ३४० दिनको सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व रेकर्ड पनि राखे ।

३.१ ओभरमा नेपालको ६ रन हुँदा सुवास खकुरेल व्यक्तिगत ३ रन बनाएर आउट भएका थिए । ४६ रन हुँदा दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएपछि नेपालको एकपछि अर्को विकेट पतन सुरु भएको थियो ।

४७ रन हुँदा दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट हुँदा ४७ रन हुँदा नै पारस खड्का चौथो विकेटको रुपमा १९ रन बनाएर आउट भए । योसँगै नेपाल पूर्ण रुपमा दबावमा आएको थियो । त्यसलगतै नेपालको ४९ रन हुँदा आरिफ शेख पनि २ रनमा आउट भए ।

बलिङतर्फ अमेरिकाका क्यामरन स्टेभनसनले ३ विकेट लिए ।

जारी प्रतियोगितामा नेपाल र अमेरिका दुवै पहिलो जितको खोजीमा छन् । यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिका पनि ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित समय १४:३५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु