fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ त्रिकोणात्मक सिरिज : नेपाल १८ रनले पराजित

त्रिकोणात्मक सिरिज : नेपाल १८ रनले पराजित

आइसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग १८ रनको झिनो अन्तरले पराजित भएको छ । १९८ रनको सामान्य लक्ष्य पाएको नेपालले ४६.५ ओभरमा सबै विकेटको क्षतिमा १७९ रन मात्रै बनायो ।

नेपालका लागि शरद भेषावकरले सर्वाधिक ५५ रन बनाए । त्यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २८ र विनोद भण्डारीले २६ रन बनाए ।

नेपालका लागि ओपनर पारस खड्का ३ र कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए । त्यस्तै आरिफ शेख ६, सुशन भारी र अविभान बोहोराले ८-८ रन बनाए । रोहित र करण भने शून्यमै आउट भएका थिए ।

ओमानका लागि जिशन मक्सुदले सर्वाधिक ३ विकेट लिए । विलाला खान र कलिमुल्लाहले दुई-दुई विकेट लिए ।

प्रकाशित समय १६:३६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु