fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ सहिद स्मारक लिग : पहिलो हारले उपाधि होडमा रहेको मच्छिन्द्रमाथि दबाव !

सहिद स्मारक लिग : पहिलो हारले उपाधि होडमा रहेको मच्छिन्द्रमाथि दबाव !

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार भएको खेलमा मच्छिन्द्र क्लबले अप्रत्याशित हार व्यहोरेको छ । शीर्ष स्थानमा रहेको मछिन्द्र क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्रलाई २-० ले पराजित गर्‍यो । खेलको पहिलो मिनेटमा नै मछिन्द्रका पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता बनाएको हिमालयन शेर्पाले २०औँ मिनेटमा विजय श्रेष्ठको गोलमार्फत अग्रता दोब्बर पारेको थियो ।

हिमालयन शेर्पाको यो पहिलो जित हो भने मछिन्द्रको पहिलो हार । ७ खेलमा १ जित २ हार र ४ बराबरी खेलेको हिमालयन शेर्पा क्लबले ७ अंक जोडेको छ ।

उपाधि होडमा रहेको मछिन्द्रले हिमालयन शेर्पाको खेलबाट अग्रता बढाउने अवसर गुमाएको छ । शुक्रबारको हारसँगै मच्छिन्द्रको उपाधितर्फको यात्रा थप चुनाैतीपूर्ण बनेको छ ।

अहिलेसम्म ७ खेलमा ४ जित र २ बराबरी र १ हारसहित १३ अंक भएको मछिन्द्र शीर्ष स्थानमा नै छ । १ खेल कम खेलेको आर्मी क्लबको पनि १३ अंक छ । आर्मीले सातौँ चरणको खेलमा सोमबार च्यासलसँग खेल्नेछ ।

शनिबार पहिलो खेल जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब साथै दोस्रो खेल मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टारबीच दशरथ रंगशालामा नै हुनेछ ।

प्रकाशित समय १७:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु