fbpx

गृहपृष्ठ साग खेल्ने २० सदस्यीय फुटबल टोली घोषणा, को-को परे ?

साग खेल्ने २० सदस्यीय फुटबल टोली घोषणा, को-को परे ?

saag_team_football

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले साग खेल्ने २० सदस्यीय यु-२३ टिमकाे घोषणा गरेका छन् । आउँदो मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष फुटबल टिमको घोषणा गरिएको हाे ।

टाेलीमा तीन जना सिनियर खेलाडीहरु बिकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ पनि समावेश छन् । प्रशिक्षक महर्जनले निकै मेहनत गरिएकाले राम्राे नतिजाका लागि आशावादी रहेकाे बताएका छन् । उनकै प्रशिक्षणमा नेपालले २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो।

को-को परे टोलीमा ?

गोलकिपर – बिकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डर – अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, बिक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ

मिडफिल्डर – सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आमदाङ्ग्वे, तेज तामाङ

फरवार्ड – बिमल घर्ती मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन बिष्ट

प्रकाशित समय २०:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु