fbpx

गृहपृष्ठ मेसीको कीर्तिमानमा बार्सिलोनाको जित

मेसीको कीर्तिमानमा बार्सिलोनाको जित

बार्सिलोनाका कप्तान लियोनल मेसीले युरोपा च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएका छन् ।

मेसीले च्याम्पियन्स लिगमा लगातार १५ सिजनमा गोल गरी कीर्तिमान कायम गरेका हुन् । उनी १५ सिनजनमा गोल गर्ने पहिलो खेलाडी बने । चेक गणतन्त्रमा भएको समूह एफ अन्तर्गतको खेलमा स्लाभिया प्रागलाई बार्सिलोनाले २–१ गोलले हराएको छ । मेसीले खेल सुरु भएको तेस्रो मिनेटमै बार्सिलोनालाई अग्रता दिलाए । बार्सिलोनाले पहिलो हाफसम्म एक गोलको अग्रता जोगाइराख्यो । तर ५०औं मिनेटमा चेक च्याम्पियन प्रागका जान बोरिलले गोल गर्दै खेल बराबरी गरे ।
५७औं मिनेटमा पिटर ओलायिन्काले आत्मघाती गोल गरेपछि बार्सिलोना भाग्यमानी सावित भयो । मेसीको फ्रिकिलाई स्वारेजले प्रहार गर्दा ओलायिन्कालाई छोएर गोल भएको थियो ।

जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको इन्टरमिलानको चार अंक छ । तेस्रो स्थानको बोरुसिया डोर्टमण्डको पनि चार अंक नै छ ।

प्रकाशित समय ०७:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु