fbpx
Nepal Mediciti

गृहपृष्ठ साफ यु-१५ महिला च्याम्पियनशीप : भारतसँग नेपाल स्तब्ध

साफ यु-१५ महिला च्याम्पियनशीप : भारतसँग नेपाल स्तब्ध

saff u 15 nepali girl team_ news karobar

‘साफ महिला च्याम्पियनशीप २०१९’अन्तर्गत उद्घाटन खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमै नेपाल भारतसँग ४–१ गोलले पराजित भएको हो ।

भुटानको थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा भएको खेलमा नेपालको प्रदर्शन फितलो देखियो । खेल सुरु भएको सात मिनेटमै सुमती कुमारीको गोलमा भारतले अग्रता लिएको थियो । ३८औँ मिनेटमा लिन्डा कोमले गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन् । पहिलो हाफमै २–० ले पछाडि परेको नेपालले बाँकी समयमा पनि गोलको लागि कुनै तालमेल मिलाउन सकेन ।

दोस्रो हाफ शुरु भएको १० मिनेटमै भारतले गोल थप्यो । लिन्डा कोमले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको ६१औँ मिनेटमा नेपालकी मनमाया दमाईले गोल फर्काए पनि जितको लागि त्यो पर्याप्त हुन सकेन । ६७औँ मिनेटमा भारतकी प्रियंकाले गोल गरेपछि खेल ४–१ को स्थितिमा समाप्त भयो ।

नेपालले अर्को खेल पर्सि शुक्रबार बंगलादेशका विरूद्ध खेल्नेछ ।

नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी प्रतियोगितामा शिर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछ । नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी प्रतियोगितामा शिर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित समय १६:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु