गृहपृष्ठ बेलबारी गोल्डकपको उपाधिका लागि धरान र रोयल भिड्ने

बेलबारी गोल्डकपको उपाधिका लागि धरान र रोयल भिड्ने

मोरङमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपधिका लागि सुनसरीको धरान फुटबल क्लब र भारतको रोयल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

दोस्रो सेमीफाइनलमा विभागीय टिम एपीएफलाई ३-० गोलले हराउँदै रोयलले उपाधि भिडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो । नेपाली खेलाडीले भरिएको रोयलको जितमा निशान्त लिम्बूले दुई र सञ्जय सुब्बाले एक गोल गरे । रोयलले तीनै गोल दोस्रो हाफमा गरेको हो । ५१ औं मिनेटमा निशान्त लिम्बूले गोलको खाता खोले । ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै निशान्तले अग्रता दोब्बर बनाए ।

७६ औं मिनेटमा सञ्जय सुब्बाले गोल गर्दै रोयलको जित सुनिश्चित गरे । फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु