fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ यूएस ओपनको उपाधि रफायल नाडाललाई

यूएस ओपनको उपाधि रफायल नाडाललाई

यूएस ओपन टेनिसको उपाधि रफायल नाडालले उचालेका छन् ।

ग्राण्डस्लामको फाइनलमा पहिलो पटक पुगेका रसियन युवा खेलाडी डेनिल मेदभेदेभलाई पाँच सेटमा पराजित गर्दै नाडालले चौथो पटक यूएस ओपनको उपाधि जिल्न सफल भएका हुन् । नाडालले मेदभेदेभलाई तीन दुईको सेटमा पाखा लगाए । चौथो बरीयताका मेदभेदेभविरुद्ध जित निकाल्न नाडालले निकै संघर्ष गर्नुपर्यो । सुरुवाती दुई सेट जितेका नाडाललाई मेदभेदेभले लगातार दुई सेट जित्दै कडा चुनौती दिएका थिए ।

नाडालले पहिलो सेट ७-५, दोस्रो ६-३ को जित निकालेका थिए भने तेस्रो सेट मेदभेदेभले ७-५ ले जिते । चौथो सेट उनले ६-४ ले जिते । अन्तिम सेट भने नाडालले ६-४ ले जित्दै उपाधिमाथि कब्जा जमाए ।

प्रकाशित समय ०८:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु