fbpx
Nepal Mediciti

गृहपृष्ठ वान डे सिरिज पनि भारतको कब्जामा

वान डे सिरिज पनि भारतको कब्जामा

वेस्टइन्डिजसँगको तीन वान डे सिरिजमाथि भारतले कब्जा जमाएको छ । पाहुना टोली भारतले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।

बिहीबार बिहान डकवर्थ लेविस पद्धतीका आधारमा तेस्रो वान डे खेलमा भारतले ६ विकेटको जीत निकाल्दै सिरिज क्लिनस्वीप गर्यो । वर्षाको कारण लामो समय खेल रोकिँदा भारतले ३५ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले ३२.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान विराट कोहलीले ९९ बलमा १४ चौका सहित १ सय १४ रनको शतकीय पारी खेले । उनी अविजित रहे । उनको यो करिअरको ४३ औं एक दिवसीय शतक हो ।

केदार जाधव १९ रनमा अविजित रहे । श्रेयस ऐरले ६५ रनको महत्वपूर्ण योगदान दिए । ओपनर रोहित शर्मा १०, शिखर धवनले ३६ रनको योगदान गरे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै वेष्ट इन्डिजले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो । २२ ओभरमा १ सय ५८ रन बनाउन २ विकेट गुमाएको अवस्थामा वर्षा भएपछि खेल ३५ ओभरमा झारिएको थियो । ओपनर क्रिस गेलले ७२ रनको महत्वपूर्ण पारी खेले ।

इभिन लुईसले ४३ रन जोडे । शाई होप २४, शिमरोन हिटमायर २५, निकोलस पुरन ३०, जोसन होल्डर १४, कार्लोस वर्थवेट १६ रनमा आउट भए । भारतका लागि मोहम्मद खलील अहमदले ३, मोहम्मद शामी २ तथा युजभेन्द्र चाहल र रविन्द्र जडेजाले समान १-१ विकेट लिए । वेस्ट इन्डिज र भारतबीच थप दुई टेष्ट खेल हुन बाँकी छ ।

प्रकाशित समय ०९:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु