fbpx

गृहपृष्ठ चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सुखद् सुरुवात गरेको छ ।

युनाइटेडले चेल्सीलाई ४-० ले पराजित गरेको हो । प्रिमियर लिगको प्रशिक्षकका रुपमा फ्रान्क लाम्पार्डको सुरुवात राम्रो हुन सकेन । युनाइटेडको जितमा मार्कस रासफोर्डले २, एन्थोनी मार्सियल र डानियल जेम्सले एक-एक गोल गरे । रासफोर्डले पेनाल्टी गोलमार्फत युनाइटेडलाई अग्रता दिलाएका थिए । मार्सियलले ६५ औं मिनेटमा अर्को गोल थपे । ६७ औं मिनेटमा रासफोर्डले अर्को गोल थपे ।

खेल सकिन ९ मिनेट बाँकी रहदा जेम्सले गोल गर्दै युनाइटेडलाई प्रभावशाली जित दिलाए ।

प्रकाशित समय ०९:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु