fbpx

गृहपृष्ठ फ्रेन्च लिग वानमा पीएसजीसँग निम्स पराजित

फ्रेन्च लिग वानमा पीएसजीसँग निम्स पराजित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमा उत्कृष्ट जीत निकालेको छ ।

स्टार फरवार्ड नेयमारबीनै मैदान उत्रिएको साविक विजेता पीएसजीले निम्सलाई ३-० गोलले हराएको हो । आइतबार राति भएको खेलमा पीएसजीलाई जिताउन एडिन्सन काभनी, केलियन एमबाप्पे र एन्जल डि मारियाले गोल गरे । २४औ मिनेटमा काभनीको पेनाल्टी गोलबाट पीएसजीले अग्रता बनाउने मौका पायो । ५६औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६९औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई ३-० का स्थितिमा पुर्याए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र पीएसजीले पहिलो जीत दर्ता गर्न सफल रह्यो ।

प्रकाशित समय ०७:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु