fbpx

गृहपृष्ठ टोटनह्यामको विजयी सुरुवात, म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ५-० ले हरायो

टोटनह्यामको विजयी सुरुवात, म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ५-० ले हरायो

Tottenham-Aston Villa-newskarobar

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले विजयी सुरुवात गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एस्टोन भिल्लालाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केनले २ तथा टान्गुय नडोम्बलेले १ गोल गरे । एस्टोन भिल्लाका लागि जोन म्याकगिनले एक गोल फर्काए ।

अर्को खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ५–० ले पराजित गरेको छ । त्यस्तै क्रिस्टल प्यालेस र एभर्टन बराबरीमा रोकिए । बर्न्लेले साउथह्याम्टनलाई ३–० ले हरायो भने ब्रिङटनले वार्टफर्डलाई ३–० ले नै पाखा लगायो । वर्नमाउथ र सेफले १–१ को बराबरी खेले ।

प्रकाशित समय ०९:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु