fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

लिभरपुलले नयाँ सिजनको पहिलो खेलमा शानदार जित निकालेको छ ।

घरेलु मैदान एनफिल्डमा शुक्रबार राति भएको खेलमा लिभरपुलले प्रिमियरसिप च्याम्पियन नर्विच सिटीलाई ४-१ गोलले हराएको हो । लिभरपुलले पहिलो हाफमै ४-० को अग्रता लिएको थियो । लिभरपुलको जितमा मोहम्मद सलाह, भर्जिल भान डाइक र डिभोका ओरिगीले गोल गरे । एक गोल भने उपहारस्वरुप मिलेको थियो । नर्विचका लागि भने टिमु पुक्कीले सान्त्वना गोल गरे ।

सातौ मिनेटमा ग्रान्ट हान्लेको आत्मघाती गोलबाट लिभरपुलले अग्रता लिने मौका पायो । १९औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । २८औं मिनेटमा भर्जिल भान डाइकले गोल गरे । ४२औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई पहिलो हाफमै ४-० गोलले अघि बढाए ।

६४औं मिनेटमा नर्विचका टिमु पुक्कीले गोल गरे पनि टिमलाई खेलमा फर्काउन भने सकेनन् ।

प्रकाशित समय ०९:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु