fbpx
Nepal Mediciti

गृहपृष्ठ रोताक एगर्नको पोस्टमा बायर्न म्युनिखको २३ गोल

रोताक एगर्नको पोस्टमा बायर्न म्युनिखको २३ गोल

बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब रोताक एगर्नलाई २३-० गोलले हराएको छ ।

बायर्नका ५ खेलाडीले ह्याट्रिक गरे । साथै बार्यनका १० खेलाडी गोल गर्न सफल भए । मिडफिल्डर कोरेन्टिन टोलिसोले सर्वाधिक ४ गोल गरे । एक गोल भने बार्यानले उपहारस्वरुप पाएको थियो । छैटौं मिनेटमा गोलको खाता खोलेका रेनाटो सान्चेसले २० औं मिनेटमा अर्को गोल गर्न सफल भएका थिए । सातौं मिनेटमा लिओन जुआकुले अग्रता दोब्बर पारे ।

टोलिसोले ३८ औं मिनेटदेखि ४२ औं मिनेटसम्म १-१ मिनेटको अन्तरमा ४ गोल गर्न सफल भए । रोबेर्टो लेवान्डोस्कीले नवौं, १६ औं र २९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । थोमस मुलरले ४९ औं ६१ र ६८ औं मिनेटमा गोल गरे । लियोन गोरेत्जकाले ६३, ७७ र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । क्वाइस ओकेयरी वरिड्टले ५५, ७७ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यस्तै लियोन डजाकु, सर्ज ग्नाबरी, सरप्रित सिंह र एलेक्सजेन्डर नोलेनबर्गरले समान १–१ गोल गरे ।

प्रकाशित समय ०८:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु