fbpx
Nepal Mediciti

गृहपृष्ठ हाजार्डको गोलमा रियालको जीत

हाजार्डको गोलमा रियालको जीत

स्पेनिस क्लब रियाल मड्रिडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब आरबी लाइप्जिगलाई १-० गोलले हराएको छ ।

यही सिजन चेल्सी छाडेर रियाल पुगेका हाजार्डले खेलको १९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको हो । हाजार्डले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रियालमा हाजार्डको आगमनसँगै अर्का फरवार्ड ग्यारेथ बेलले भने मौका पाएका छैनन् । व्यवस्थापनले उनलाई क्लब छाड्न नदिने बताइरहँदा प्रशिक्षक जिदानले भने उनलाई खासै रुचाएका छैनन् । लाइप्जिगसँगको खेलमा हामेस रोड्रीग्वेज पनि बेन्चमा थिए ।

प्रकाशित समय ०८:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु