fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपाल क्रिकेट संघको निलम्बन हटेन

नेपाल क्रिकेट संघको निलम्बन हटेन

cricket-can-newskarobar

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन यथावत् राखेको छ । इंग्ल्यान्डको लन्डनमा बिहीबार बसेको आईसीसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाबारे कुनै छलफल नगरेको हो ।

आईसीसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन । प्रतिबन्धका बीच नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ ।

त्यसैगरी, आइसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बावेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आइसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुने गरी निलम्बन गरिएको हो ।

आइसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बावे अहिले आर्थिक संकटमा छ । आइसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महिनाभित्र यो मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ ।

आइसिसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ ।

प्रकाशित समय १४:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु