गृहपृष्ठ न्यूजिल्याण्डलाई नाटकीय रुपमा हराउँदै इंग्ल्यान्ड विश्वकप च्याम्पियन

न्यूजिल्याण्डलाई नाटकीय रुपमा हराउँदै इंग्ल्यान्ड विश्वकप च्याम्पियन

इंग्ल्यान्ड एक दिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ ।
फाइनलमा न्यूजिल्याण्डलाई नाटकीय रुपमा हराउँदै इंग्ल्यान्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

आइतबार लर्डसमा भएको फाइनलमा इंग्ल्यान्डले २ सय ४२ रनको लक्ष्य पछ्याएको थियो । निर्धारित ५० ओभरमा खेल बराबरी भएपछि खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा इंग्ल्यान्डले १५ रन जोड्यो । जवाफलमा न्यूजिल्याण्डले पनि १५ रन नै बनाए पनि इंग्ल्यान्ड धेरै बाउन्ड्रि प्रहार गरेको आधारमा विजेता बनेको हो ।

न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा १६ र इंग्ल्यान्डले २४ तथा सुपर ओभरमा इंग्ल्याण्डले २ र न्यूजिल्याण्डले १ बाउन्ड्रि प्रहार गरेको थियो । न्यूजिल्याण्ड लगातार दुई विश्वकपमा पराजित भएको हो । यसअधि इंग्ल्यान्डले सन् १९७९, १९८७ र १९९२ को फाइनलमा हार ब्यहोरेको थियो ।

बेन स्टोक्सले इंग्ल्यान्डलाई जीवनदान दिएका थिए । उनले निर्धारित ओभरमा ९८ बलमा ८४ रन बनाए । स्टोक्सले अन्तिम ओभरमा दुई छक्कासहित १४ रन प्रहार गरी खेल बराबरीमा ल्याएका थिए ।

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु