fbpx

गृहपृष्ठ विश्वपक क्रिकेट फाइनल : न्यूजिल्याण्ड टस जितेर ब्याटिङमा

विश्वपक क्रिकेट फाइनल : न्यूजिल्याण्ड टस जितेर ब्याटिङमा

england-newzealand-newskarobar

एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्याण्डले घरेलु टोली इंग्ल्यान्डविरुद्ध टस जितेर रोजेको छ ।

लर्डसमा टस जितेर न्युजिल्यान्डका कप्तान केन विलियमसनले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले सेमिफाइनल खेलेका खेलाडी नै मैदान उतारेका छन् । यसअघि फाइनलसम्मको यात्रा तय गरेर पनि उपाधि जित्न नसकेका दुवै टोली यसपटक इतिहास बनाउने दाउमा छन् । यसअघि इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा गरी ३ पटक विश्वकप उपविजेता बनेको छ । त्यस्तै न्युजिल्यान्ड गत संस्करणको उपविजेता टोली हो ।

न्युजिल्यान्ड सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्ड पनि पाँच पटकको विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । लिग चरणको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि ११९ रनको सनसनीपूर्ण जित निकालेको थियो ।

प्रकाशित समय १५:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु