fbpx
Nepal Mediciti

गृहपृष्ठ अस्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

अस्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

England-world-cup-final-newskarobar

सेमिफाइनलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड आईसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो खेलमा अस्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य ३२.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै इंग्ल्यान्डले फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको छ ।

न्युजिल्यान्डको जितमा जोसन रोयले विस्फोटक ब्याटिङ गरे । ६५ बलको सामना गरेका उनले ९ चौका र ५ छक्काको मद्दतमा ८५ रन जोडे । जो रूटले अविजित ४९ तथा इयोन मोर्गानले अविजित ४५ रन बनाए । त्यस्तै, बैस्ट्रोले ३४ रन थपे ।

यसअघि, टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पूरा विकेट गुमाउँदै २२३ रन बनाएको थियो । कप्तान स्टिभ स्मिथको ८५ तथा जोन केरीको ४६ रनको मद्दतमा अस्ट्रेलियाले सो योगफल बनायो । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । अस्ट्रेलियालाई सस्तैमा रोक्न वोक्स र रसिदले समान ३/३ विकेट लिए ।

सन् २०१९ को विश्वकप उपाधिका लागि आइतबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच लन्डनमा प्रतिस्पर्धा हुनेछ । न्युजिल्यान्ड सन् २०१५ को उपविजेता टोली हो ।

प्रकाशित समय २१:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु