fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ विश्वकप क्रिकेट : फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

विश्वकप क्रिकेट : फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

aus-eng-newskarobar

एकदिवसिय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको विजेताले उपाधिका लागि जुलाई १४ मा न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवजा तीन बजे बर्मीङघममा सुरु हुनेछ । समूह चरणको खेलमा इंग्ल्यान्ड अष्ट्रेलियासँग ६४ रनले पराजित भएको थियो ।

पाँच पटक विश्वकपको उपाधि जितेको अष्ट्रेलिया साविक विजेता पनि हो । इंग्ल्यान्ड पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ । इंग्ल्यान्ड सन् १९९२ को फाइनलमा पाकिस्तानसँग पराजित भएपछि विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।

इंग्ल्यान्ड र अष्ट्रेलिया विश्वकपमा ८ पटक आमने सामने भइसकेका छन् । जसमा इंग्ल्यान्ड मात्र २ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित भएको छ । दुई देशले खेलेका १ सय ४८ एकदिवसीय खेलमा अष्ट्रेलिया ८२ खेलमा विजयी भएको छ भने इंग्ल्यान्डले ६१ खेल आफ्नो पक्षमा परेको छ ।

भारतलाई हराउँदै न्यूजिल्याण्डले फाइनलमा स्थान बनाइसकेको छ ।

प्रकाशित समय ११:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु